रिसलाई काबुमा राखौँ

भाइबहिनीहरू आज तिमीहरूसँग एउटा कुरा सोध्न मन लाग्यो– ल भन त, तिमी भान्साबाट चियाको गिलास लिएर आफ्नो कोठातिर जाँदैछौ । एक्कासि तिमीसँग कोही ठोक्किन आइपुग्यो, के हुन्छ भन त ? तिम्रो हातमा रहेको गिलासबाट चिया छचल्किएर पोखिन्छ, होइन त ? भान्साबाट आमा कराउनु हुन्छ– ‘हेर त बुद्धि नभएको ! चिया पोखेर ‘कार्पेट’ फोहोर गरेको ?Continue reading “रिसलाई काबुमा राखौँ”

ओशोका उनन्तीस शब्दले एक मानिसको अहम् भस्मीसात बनायो !- person whom i meet in my journey 9

मेरो जीवनको दोस्रो एवं काठमाडाै‌ंको पहिलो जागिर थियो ‘मार्केटिङ्ग लाइन’ मा । २०४५ सालको दशै‌ं पछि हुलास वायर इण्डस्ट्रीजको ‘केमिस्ट’ पदको जागिर छाडेर ‘प्रक्टर एण्ड गैम्बल इन्डिया लिमिटेडको सेल्सम्यान’ को रुपमा  मैले राजधानी प्रवेश गरेको थिएँ । काम थियो कम्पनीका उत्पादनहरु रिक्सामा हालेर काठमाडाै‌ंको पसल पसलमा गई बेच्नु पर्ने । शहरबाट सर्वथा अनभिज्ञ, कुन बाटो कहाँContinue reading “ओशोका उनन्तीस शब्दले एक मानिसको अहम् भस्मीसात बनायो !- person whom i meet in my journey 9”

अरण्य विचरण

प्रिय राजकुमार सिंह खडका,तिहारको ‘फेस्टिभ ह्यांगओभर’ एवं खुमारीले छाडेको थिएन। मेरो प्रवृति नै यस्तो हो जे गर्यो त्यसैमा चुर्लुम्म … आफै बाहिर आउनै गाह्रो ! कोही न कोही ,केही न केही ‘केटलिक एजेंट’ नै चाहिने। लेख्ने न त कुनै टॉपिक नै मस्तिष्कमा थियो न मूड नै। यस्तो हुँदा मैले गर्ने काम एउटा मात्रै हुन्छ –Continue reading “अरण्य विचरण”

कृपया कोरोना भाइरसलाई इन्फोडेमिक नबनाइदिनुस्

म्यासेन्जरमा मित्र तारा रेग्मीको सन्देश आयो, ‘मलाई कोरोना भयो नि सर।’ सोधेँ, ‘के परीक्षण गराउनु भएको हो?’ ‘हो नि।’ ‘के भएर परीक्षण गराउनुभएको?’ ‘मलाई त केही भएको थिएन, कुनै लक्षण पनि थिएनन्, तर श्रीमतीजीलाई रुघा लागेको थियो। उनको परीक्षण रिपोर्ट पोजेटिभ आए पछि मैले पनि गराएँ।’ ‘अनि अहिले कहाँ हुनुहुन्छ?’ ‘परिवारका चारैजनालाई संक्रमण देखिएको छ,Continue reading “कृपया कोरोना भाइरसलाई इन्फोडेमिक नबनाइदिनुस्”

बिहार विधान सभा : जितेर ‘हारेका’ तेजस्वी अनि हारको ‘ताज’ पहिरिँदै नीतीश

तमाम राजनीतिक विश्लेषक, पण्डित, महापण्डित, ‘प्री–पोल’ र ‘पोस्ट–पोल’का हावा वैज्ञानिक एवं मोदी विरोधकै लागि बाँची रहेका स्वनामधन्यहरूको अनुमान, भविष्यवाणी र कयासमा अस्वीकृतिको ठप्पा लगाउँदै बिहारका जनताले भर्खरै सम्पन्न भएको बिहार विधान सभा चुनावमा (मोदी– नीतीश)कै एनडीए गठबन्धनलाई निरन्तरता दिने जनादेश दिए । सात नोभेम्बरमा तेस्रो चरणको निर्वाचन सम्पन्न हुनासाथ ‘इडियट बक्स’मा देखाइएका  अधिकांश चुनावी सर्वेक्षणलेContinue reading “बिहार विधान सभा : जितेर ‘हारेका’ तेजस्वी अनि हारको ‘ताज’ पहिरिँदै नीतीश”

‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल’विज्ञान कथा- भाग ३

गताङ्कबाट निरन्तर ‘पृथ्वीमा त्यस्तो के छ ’? सम्पादक जिवेन्द्रले चाख लिदै सोध्नु भयो। ‘सूर्य’, आगंतुक एलियन ले सहज भावमा भन्यौ। ‘के रे, के रे’ ? जिवेन्द्रले आत्तिदै  भन्नु भयो। ‘हो, हामी सुर्य ‘किडनैप’ गरी लैजान आएका हौं’। ‘सूर्य के फुटबल अथवा कोहिनुर हीरा हो, जे तपाईंहरु ‘किडनैप’ गरी लैजानु हुन्छ’ ?  जिवेन्द्रले झ्वकिदै भन्नुभयो। ‘फुटबलContinue reading “‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल’विज्ञान कथा- भाग ३”

तपाईँ जस्तो शिक्षक पाएको भए म सम्पादकको सट्टा वैज्ञानिक हुने थिए विज्ञान कथा- भाग २

गताङ्कबाट निरन्तर  तपाईंको ग्रहका लागि हामी ‘ऐलियन’ हौं र हामी तीनैजनाका लागि समस्त पृथ्वीवासी ‘ऐलियन’ हुन ‘। ‘गजब सम्प्रेषण शक्ति छ तपाईंसँग ! कति सजिलो पाराले विषयलाई छर्लङ्ग बनाई दिनु हुन्छ’ , सम्पादक जिवेन्द्रले अचम्भित स्वरमा भन्नु भयो। ‘हाम्रो ग्रहका प्रत्येक मानिससँग यस्तो क्षमता छ । कारण त्यही हो,  हाम्रो भाषा ‘स्फीयर’ भएको हुनाले मस्तिष्ककोContinue reading “तपाईँ जस्तो शिक्षक पाएको भए म सम्पादकको सट्टा वैज्ञानिक हुने थिए विज्ञान कथा- भाग २”

नेपाली सम्पादक एलियनको घेराबन्दीमा . विज्ञान कथा-भाग १

आफ्नो कार्य कक्षमा अकस्मात ३ जना युवा आइपुगेको हेर्दा सम्पादक जिवेन्द्र सिंखडाले विस्मित स्वरमा सोध्नु भयो,  होइन  भाईहरुको परिचय ? तपाईँहरु अकस्मात मेरो कक्षमा कसरी आइपुग्नु भयो ??  मैले तपाईहरुलाई ढोकाबाट पसेको त देखिन । ‘तपाईँको ग्रहमा हामीलाई काहीँ पनि पुग्न केहीले छेक्न सक्दैन । हामी प्रकाशबाट आएको हौं’ , कोठामा पसेका तीनजना युवक मध्येContinue reading “नेपाली सम्पादक एलियनको घेराबन्दीमा . विज्ञान कथा-भाग १”

‘क्षमस्तस्यै क्षमस्तस्यै क्षमस्तस्यै सर्वदा’, मैले चिनेका पुरुषोत्तम दाहाल- person whom i meet in my journey -3

बडो असहज त्यसबेला हुन्छ, जब कसैले मलाई ‘ए तपाईं त सन्यासी, तपाईंको गुरु को हो नि’ भनेर प्रश्न गर्छन् l मलाई भने उनीहरुको प्रश्नको आशय अनुसारको गुरु बनाउने आवश्यकता नै परेन। सन्यासी जीवनमा भेटिएका एउटा गुरुले ‘वेट एन्ड वाच’ र अर्का गुरुले ‘गो एहेड’ मन्त्र दिई मलाई यस बन्धन र जन्जालबाट सधैंका लागि मुक्त बनाई दिए।Continue reading “‘क्षमस्तस्यै क्षमस्तस्यै क्षमस्तस्यै सर्वदा’, मैले चिनेका पुरुषोत्तम दाहाल- person whom i meet in my journey -3”

ज्ञानलाई अनुभवमा नल्याएसम्म आफ्नो भन्न पाइँदैन, त्यो गुरु होइन, गुरुघण्टाल हो -person whom i meet in my journey -2

तपाई जुन शैली गतिविधि व क्रियाकलाप अन्तर्गत जीवन निर्वाह गर्नुहुन्छ त्यससँग सम्बधित प्रश्नहरुको सामना तपाईँले गर्नैपर्छ।  यसका लागि  तपाईँ सफल उद्यमी, ‘हाइली एजुकेटेड’, प्रोफेसर, निपुण वकिल वा कुनै  अन्य क्षेत्रको सम्मानित अथवा चर्चित व्यक्ति हुनु आवश्यक छैन ।  एक भिखारी र चोरसँग पनि समाजका सम्बधित वर्गबाट जिज्ञासा र प्रश्न सोध्ने कार्य भइरहेको हुन्छ । सन्यासी जीवनको मौजमाContinue reading “ज्ञानलाई अनुभवमा नल्याएसम्म आफ्नो भन्न पाइँदैन, त्यो गुरु होइन, गुरुघण्टाल हो -person whom i meet in my journey -2”

Design a site like this with WordPress.com
Get started