‘ओह माई डियर कसमसमेट’: तपाईँहरू कमिला मार्न अणु बम प्रयोग गर्नु हुँदो रहेछ !-विज्ञान कथा – भाग ४

facebook sharing button
twitter sharing button
messenger sharing button

गताङ्कबाट निरन्तर

ज्ञानमित्र – ‘देन आइ विल लुक फर लास्ट प्याग अफ व्हिस्की  एण्ड लास्ट कन्ट्याक्ट विद माई गर्ल’ ।

आगन्तुक –  जिवेन्द्रजीले तपाईंका बारेमा ठीकै भन्नु भएको  रहेछ । ‘रियली यु अर जीनियस ’।

जिवेन्द्र – कविज्यू, मित्रताको धर्म आफु  संकटमा परेको बेला आफ्नो मित्रलाई डाकी उसलाई पनि संकटमा पार्नु होइन । तर सबै नैतिकता र आदर्श जीवन रहे न हो । उहाँहरु पृथ्वी नै नष्ट गर्न आउनु भएको रहेछ । उहाँहरुको कुरा सुन्दा र गतिविधि हेर्दा उहाँहरुका लागि  जे गर्न पनि सम्भव भए झै लाग्छ । मैले उहाँहरुसँग कुरा गरी कुनै विकल्प खोज्न तपाईँलाई डाकेको हो ।

ज्ञानमित्र – (आगन्तुकसँग) के तपाईंहरु हाम्रो सूर्य लैजाने योजनामा हुनुहुन्छ ? तपाईंहरुको सूर्यलाई के भयो नि  ??

आगन्तुक – त्यै जे डेढ दुइ अर्ब  वर्ष पछि तपाईँको सूर्यलाई हुन्छ ।

ज्ञानमित्र –  ‘यू मीन इट इज नियर टु रेड जायन्ट  (Red  Giant ) स्टेज’ ?

आगन्तुक – ‘यस’।

ज्ञानमित्र – र, तपाईंहरुको योजना हाम्रो सूर्य लगेर आफ्नो सूर्यभित्र राखि दिनु हो ?

आगन्तुक – ‘करेक्ट’

ज्ञानमित्र – तर हाम्रो सूर्य नै किन ? ब्रम्हाण्डमा खरबौं खरब सूर्य छन्। ती मध्ये  अर्बौ सूर्यको सौर्यमण्डलमा पृथ्वीजस्तो जीवन्त ग्रह छैन । ती मध्ये  कुनै सूर्य  नलगेर  हाम्रै सूर्य चयन गर्नुको कारण के  हो ?

आगन्तुक – पहिलो कारण त तपाईं र हाम्रो सूर्यको  ‘प्रोपर्टी’  समान हुनु हो । दोस्रो कारण यसको आकार जुन हाम्रो सूर्यमा एकदमै फिट हुन्छ ।

ज्ञानमित्र – तर यसका लागी तपाईंहरु अन्य विकल्प पनि त अपनाउन सक्नुहुन्छ ।

आगन्तुक – ‘फर एक्जाम्पल’ ?

ज्ञानमित्र –  आफ्नो ग्रहका लागी नयाँ सूर्य बनाएर ।

आगन्तुक –  के तपाईं नयाँ सूर्य बनाउन सक्नुहुन्छ ।

उनीहरुको सूर्य चोरेर ल्याउ, तिनीहरुसँग हामीलाई रोक्न सक्ने क्षमता छैन । श्रेष्ठताको यही दम्भले तपाईका  ग्रहबासीलाई आफ्नो  लागि नयाँ सूर्य बनाएर एवम् ‘रेड  जायन्ट’ अवस्था नजिक पुगेको  आफ्नो सूर्यलाई नष्ट गरेर आफ्नो ग्रह एवम् सौर्यमण्डललाई जोगाउने रचनात्मक आइडिया आएन । आइडिया भष्मासुर पाराको मात्रै आयो । 

ज्ञानमित्र – निसन्देह सक्दिन । तर जुन ग्रहका व्यक्ति ‘इन्टर ग्यालेक्सी जर्नी’ गरेर अर्को ‘ग्यालेक्सी’ मा गइ सूर्य चोरेर लैजान सक्छन्। उनीहरुका लागि आफ्नो ग्रहमा नयाँ सूर्य बनाउनु कुनै ठूलो कुरा हुन्न होला।  तपाईंको ग्रहमा हाम्रो पृथ्वी जस्तै  इनर्जीको अभाव त पक्कै पनि छैन  होला ।

आगन्तुक – हामी ‘एन्टी मैटर’ इनर्जी नै प्रयोग गर्न सक्षम छौं ।

ज्ञानमित्र – त्यसो भए आफ्नो ग्रहका लागि नयाँ सूर्य बनाउनुस । हाम्रो सूर्य चोरेर लैजाने विचार छाड्नुस ।

आगन्तुक -तर तपाईंले एउटा कुरा बिर्सनुभयो, ‘रेड  जायन्ट’ अवस्थामा पुगेर हाम्रो सूर्यले आफ्नो समस्त सौर्यमण्डललाई उदरस्थ गर्छ नि ? आफ्नो सूर्यलाई ‘रेड  जायन्ट’ अवस्थामा पुग्न नदिन नै हामी यहाँबाट सूर्य लगेर आफ्नो सूर्यमा स्थापित गछौं । नयाँ सूर्य बनाएर  पनि हाम्रो ग्रहको समस्या समाधान हुँदैन।  त्यसैले नयाँ सूर्य बनाउनु भन्दा  हामी भएकै सूर्यलाई पुनर्जीवन दिन गई रहेका छौ। यसो गर्दा हामीलाई हाम्रो सूर्यको   ‘रेड  जायन्ट स्टेज’ हुने समस्याबाट पनि मुक्ति पाइन्छ।  

ज्ञानमित्र -यो तपाईँहरुको श्रेष्ठताको घमण्ड हो । र, यस घमण्डले त्यस ग्रहका बासिन्दालाई बुद्धिहीन बनाएको छ । ‘टेल मी वन थिंङ’, तपाईँ यहाँको सूर्य लै जानलाई निश्चय पनि यसलाई संकुचन गराई केराउको दाना जत्रै बनाई लानु हुन्छ ?

आगन्तुक – ‘ करेक्ट’ ।

ज्ञानमित्र -यसलाई ‘ट्रान्सपोर्ट’ कसरी गर्नुहुन्छ यस विषयमा मलाई खासै आइडिया छैन । शायद ‘एन्टी मैटर’ अथवा ‘ब्लैक होल’को कुनै ‘प्रोपर्टी’ले  तपाईंहरुलाई ‘ट्रान्सपोर्टेसन’मा  सहायता दिन्छ होला ।

आगन्तुक – यी मेथड’ पनि हुन ।  ‘फाल्स’ गुरुत्वाकर्षण बनाई पनि ‘ट्रान्सपोर्ट’ गर्न सकिन्छ।  तर हामी अर्कै प्रविधि अपनाउछौं।

ज्ञानमित्र – ‘डु यू लाइक टू टेल मी एबाउट दैट’।

आगन्तुक – तपाईंका लागी यो पुराण कथा जस्तै होला ।

ज्ञानमित्र— ‘डोन्ट वरी’! मैले अधिकांश पुराण पढेकै – सुनेकै छु । एउटा अर्को पुराणले के नै फरक पर्छ ?

आगन्तुक –  हामीलाई ‘ग्लुआन’को त्यो प्रोपर्टी थाहा छ जसले द्रव्यमान उत्पन्न गर्छ । हामी त्यो प्रोपर्टीलाई ‘शट डाउन’ गरेर तपाईँको सूर्यलाई आफ्नो खल्ती मै बोकेर लैजान्छौं

ज्ञानमित्र – ‘दिस साउण्ड जीनियस एण्ड इन्टरेस्टिंङ’  ।

आगन्तुक –  तपाईंलाई मेरो कुराले अचम्म लागेन ? बडो ‘कूल’ बनेर प्रतिक्रिया दिनु भयो । पृथ्वीको विज्ञान त अहिले ‘हिग्स बोसान’कै प्रारम्भिक चरणमा छ ।

ज्ञानमित्र— (हाँस्दै) शायद पूर्वजन्ममा म तपाईं कै ग्रहको प्राणी थिए होला, तर मलाई एउटा कुरा भन्नुस न यार ! यत्रो उन्नत विज्ञान भएका ग्रहका प्राणीले ‘रेड  जायन्ट’’ हुन गइरहेको सूर्यबाट जोगिन अर्काको सूर्य चोर्नु पर्छ ? आफ्नो  ‘रेड  जायन्ट’ हुन गइरहेको सूर्यलाई नष्ट गरेर नयाँ सूर्य बनाउँदा भइ हाल्थ्यो  नि !

आगन्तुक – के तपाईंसँग  ‘रेड  जायन्ट’ हुन गइरहेको सूर्यलाई नष्ट गर्ने कुनै उपाय छ ?

ज्ञानमित्र – ‘जेन्टलमैन’ म अहिले पृथ्वीको निवासी हुँ पृथ्वीमा उपलब्ध ज्ञान विज्ञान नै मेरो सामर्थ्य हो । मलाई आफ्नो ग्रहमा लिएर हिड्नुस, एक वर्षकै अवधिमा त्यहाँको उपलब्ध ज्ञान विज्ञान अध्ययन गरेर म  ‘रेड  जायन्ट’ हुन गइरहेको सूर्यलाई नष्ट गर्ने ‘ब्लुप्रिन्ट’तैयार गरिदिन्छु ।

आगन्तुक – आलोचना वा निन्दामा मैले तपाईंको अभिव्यक्तिलाई ‘ओभर कन्फिडेन्स’ प्रेरित भने पनि यो ‘ओभर कन्फिडेन्स’ तपाईंमा कसरी र कहाँबाट आउँछ ?

ज्ञानमित्र – यो अति सामान्य हो । प्रत्येक दिन म आँखा चिम्लेर  एक घण्टा बस्छु र प्रकृतीमा जहाँ जे भइरहेछ, हुन गइरहेको छ, सबै नै  विनीत एवम् तटस्थ भावले स्वीकार गर्दछु । यही नै मेरो आत्मविश्वासको स्रोत हो ।

आगन्तुक –  ‘रेड  जायन्ट’ हुन गइरहेको सूर्यलाई नष्ट गर्ने के उपाय ?

तारा उत्पतिदेखि अन्त्यसम्मका चरणवद्ध क्रम

ज्ञानमित्र – ‘सो सिम्पल’। तपाईंले हाम्रो सूर्यलाई संकुचित गराए जस्तै संकुचित गरी ‘ब्लैक होल’भित्र फाली दिने ।

आगन्तुक – तर तपाईले एउटा महत्वपूर्ण कुरामा ध्यान पुर्‍याउनु भएन।  ‘रेड  जायन्ट’ हुन गइ रहेको हाम्रो सूर्यलाई ‘कम्प्रेस’ गर्दा यो ‘ब्लैक होल’ मा रूपान्तरित हुने खतरा पनि त हुन्छ ?

ज्ञानमित्र – महानुभाव , यस्तो खतरा हाम्रो सूर्यलाई संकुचित गर्न खोज्दा पनि त हुन्छ ।

आगन्तुक – निश्चय पनि। तर तपाईँको सूर्यलाई संकुचित गर्दा ‘ब्लैक होल’ बन्न पुगे पनि हाम्रो ग्रहलाई कुनै खतरा हुँदैन।  हामी तीनजनाको ज्यान मात्रै कुर्बान हुन्छ।

ज्ञानमित्र – मलाई आश्चर्य लाग्छ तपाईँहरुबाट यतिको  ठूलो गलती कसरी भयो ?

आगन्तुक – कुन गलती ?

ज्ञानमित्र – तपाईँले भने अनुसार आकार र प्रोपर्टीमा तपाईँहरुको सूर्य झण्डै हाम्रो सूर्य जस्तै छ। हाम्रो सूर्यसंग जुन ‘मास’ छ त्यति ‘मास’ले यो ‘ब्लैक होल’ बन्न सक्दैन।  ‘ब्लैक होल’ बन्नलाई कमतीमा सूर्यसँग भएको ‘मास’ को २० गुना बढ़ी ‘मास’ आवश्यक हुन्छ।  न्युट्रान तारा बन्नलाई पनि सूर्यसंग पर्याप्त ‘मास’ छैन।  यही ‘कन्डीसन’ तपाईँको सूर्य माथी पनि लागू हुँदैन र ?

आगन्तुक – ‘ओह नो, रियली यु अर राइट’।  यो  तथ्य  हाम्रो दिमागमा किन आएन ? म जीवनमा पहिलो पटक कसैको अगाडि लज्जत भएको छु ।

ज्ञानमित्र – मित्र, यसमा तपाईंले लाज मान्नु पर्ने कुनै कुरा छैन । श्रेष्ठताको अवगुण नै यही हो उसले आफ्नो समस्याको निदान बुद्धिको साटो बलले गर्न थाल्छ । कमजोर पृथ्वीबासीले आफ्नो सूर्यको रक्षा गर्न सक्दैन । उनीहरुको सूर्य चोरेर ल्याउ, तिनीहरुसँग हामीलाई रोक्न सक्ने क्षमता छैन । श्रेष्ठताको यही दम्भले तपाईका  ग्रहबासीलाई आफ्नो  लागि नयाँ सूर्य बनाएर एवम् ‘रेड  जायन्ट’ अवस्था नजिक पुगेको  आफ्नो सूर्यलाई नष्ट गरेर आफ्नो ग्रह एवम् सौर्यमण्डललाई जोगाउने रचनात्मक आइडिया आएन । आइडिया भष्मासुर पाराको मात्रै आयो । 

https://www.loksambad.com/news/12358?fbclid=IwAR253PXuYfnBYAlSBcG7nt8lQhwpR5WVrWAlxVnHLe3ZuobT8qi4jziKI_A

https://www.loksambad.com/news/12154- part -3

https://www.loksambad.com/news/11907 – part -2

https://www.loksambad.com/news/11739 -part-1

Published by gyanmitra

a monk who like to study and travel and sometime try to write some feelings

Leave a comment

Design a site like this with WordPress.com
Get started