नेपाली सम्पादक एलियनको घेराबन्दीमा . विज्ञान कथा-भाग १

facebook sharing button
twitter sharing button
messenger sharing button

आफ्नो कार्य कक्षमा अकस्मात ३ जना युवा आइपुगेको हेर्दा सम्पादक जिवेन्द्र सिंखडाले विस्मित स्वरमा सोध्नु भयो,  होइन  भाईहरुको परिचय ? तपाईँहरु अकस्मात मेरो कक्षमा कसरी आइपुग्नु भयो ??  मैले तपाईहरुलाई ढोकाबाट पसेको त देखिन ।

‘तपाईँको ग्रहमा हामीलाई काहीँ पनि पुग्न केहीले छेक्न सक्दैन । हामी प्रकाशबाट आएको हौं’ , कोठामा पसेका तीनजना युवक मध्ये एक जनाले जबाब फर्कायो।  

‘हावा कुरा नगर्नुस् भाई  हो , म अहिले  अलिक व्यस्त छु । ल आफु आउनको उद्देश्य छिटै भन्नुस्’ ।

‘हाम्रो कुरा सुनेर तपाईँको सारा व्यस्तपना तपाईँले भनेझै हावा हुन्छ । हामीले आफ्नो विशिष्ट उद्देश्‍यको खबर गर्न तपाईँलाई चुनेका हौँ ‘।

‘भाईहरु पहिला आफ्नो परिचय दिनुस् ,कुन ठाउँबाट आएनु भएको हो ? मेरो बारेमा कसरी थाहा पाउनु भयो, अथवा तपाईँहरुलाई मेरो नाम कसले सिफारिस गर्‍यो’?

‘तपाईलाई नेपालको ‘वन अफ बेष्ट’ सम्पादक भनिन्छ । हामीलाई त यसमा शंका लाग्यो ! हामीले यस कोठामा प्रवेश गरे उप्रान्त प्रयोग गरेको पहिलो वाक्यमा नै आफ्नो परिचय दिएका थियौँ । कुशल सम्पादकले त्यति पनि नबुझ्ने’ ?

‘भाइहरु मजाकको मुडमा हुनुहुँदो  रहेछ । म व्यस्त नभएको भए तपाईहँरुसँग गफिने थिँए।  आज  होइन, अर्को कुनै दिन भेटेर गफ गरौँला । अहिलेलाई तपाईँहरुसँग क्षमा चाहान्छु । अर्को कुनै दिन फोन गरेर आउनु होला । हुन्न भाई  हो, अहिले तपाईहरु जानुस्’,  जिवेन्द्रले नव पत्रकारलाई फुर्काए  झै  आगन्तुकलाई फकाउदै  भन्नु भयो।

‘हामीलाई ब्रह्माण्डभरी  काही पनि जान र आउन कसैको अनुमति आवश्‍यक पर्दैन । हामी जे कामको लागि आएका हौँ । त्यो नभनी जाँदैनौ र हाम्रो कुरा नसुन्जेल तपाईँ पनि अर्को कुनै काम गर्न पाउनु हुन्न । हामी तपाईँलाई फुर्सदिलो बनाइदिन्छौँ ‘।

‘के वाहियात कुरा गरेको हो …..’

तर सम्पादक जिवेन्द्र सिंखडाको वाक्य पुरा हुन नपाउदै उहाँसँग बोलिरहेको आगन्तुकले आफ्नो अर्को साथीसँग भन्यो,’तिमी एक किलोमिटर वारीपरीको विद्युत र इन्टरनेट सर्भिसलाई ‘शट डाउन’  गरिदेउ त, अनि उहाँ फुर्सदिलो भइहाल्नुहुन्छ’।

‘ओके’ भन्दै त्यस आगन्तुकले ब्यागबाट ‘टर्च लाइट’ जस्तो कुनै उपकरण झिकेर ‘स्वीच अन’ गर्दै भन्यो, एक किमी सेट गर्न केही समय लाग्थ्यो मैले पहिला कै सेटिङ २० किलोमीटर  वरीपरीको दुबै ‘सर्भिस ह्याक’ गरिदिए ।

‘हो, हामी अर्कै ग्रहबाट आएका हौं । हामी पृथ्वीबासी होइनौं । तपाईंको सौर्यमण्डलको सदस्य पनि होइनौं । हामी फरक आकाशगंगाबाट आएका हौं । पृथ्वीको खगोल विज्ञानसंग ‘अंतर आकाशगंगीय’ दूरी नाप्ने प्रकाश वर्ष र पारसेक  बाहेक का यूनिट नै छैनन।  होस  पनि कसरी पृथ्वीको विज्ञानलाई प्रकाशको गतिभन्दा बढी गति हुन सक्ने बारे  कुनै सुईको सम्म छैन।

साच्चै कोठामा चलिरहेको ‘एसी’ बन्द भयो । जिवेन्द्रले आफ्नो कम्प्युटरमा ‘नेट चेक’ गर्न खोज्नु भयो ।

‘केही फाइदा छैन, तपाईँको कोठामा रहेको ‘अल्टरनेटिभ   सप्लाइ’ पनि ‘शट  डाउन’ भएको छ’ । ‘ह्याक’ गर्नेले भन्यो ।

साच्चै कम्प्युटर खुलेन। जिवेन्द्रले विस्मयपूर्वक सोधन्नुभयो, ‘मैले जेनेरेटर स्टार्ट गर्न लगाए भने नि’ !

‘गरी  हेर्नुस्, तर परिणाम यही  नै हुन्छ । मैले ‘स्वीच अफ’ नगर्दा सम्म २० किलोमिटर क्षेत्रमा आकाशीय विद्युत (चट्याङ) पनि प्रवेश गर्न सक्दैन । मैले वातवरणमा रहेको त्यो सिस्टमलाई नै ‘शट डाउन’ गरेको छु  जसले विद्युतलाई ‘फंक्शन’  गर्ने आधार प्रदान गर्छ’।

‘होइन यार, तपाईँहरुले जादू  गरेको हो कि मलाई ‘हिप्नोटाइज’ गरेको हो । बत्ती  साच्चै गएको हो कि मलाई मात्रै देखिएको हो ?
म बाहिर गएर हेर्छु’ ।

‘क्षमा गर्नु होला, तपाईँलाई बाहिर जाने अनुमति छैन । हामी यहाँ हुन्जेल, न तपाईँ बाहिर जान पाउनु हुन्छ , न त बाहिरबाट नै कोही भित्र आउन सक्छ’ ।
‘तपाईँ मलाई बाहिर जान कसरी रोक्नुहुन्छ ? के बन्दुक देखाएर रोक्नु हुन्छ’ ??

 (आगन्तुक हाँस्दै  …पहिलो पटक आगन्तुक हास्दा  जिवेन्द्रले ‘मार्क’ गर्नु भयो उसको हँसाईको ढंग महाभारत सीरियलमा  कृष्णको भूमिका निर्वाह गर्ने नीतीश झै थियो )

‘यो तपाईँको पृथ्वीमा रहेको चलन हो । हामीलाई बन्दुक वा अन्य अस्त्रको आवश्‍यकता पर्दैन  । हामी तपाईँलाई बाहिर जान नदिन  तपाईँको मस्तिष्कलाई ‘हयाक’  गरी बाहिर ननिस्कने आदेश दिन सक्छौँ । तपाईँसम्म पुग्ने प्रकाशका कण (फोटान) लाई बाधित गर्न सक्छौँ । तपाईँसम्म फोटान नपुगे तपाई केही पनि हेर्न सक्नु हुन्न, ‘भन्नुस कुन उपाय  प्रयोग गरौँ, तपाईँलाई कोठाबाट बाहिर जान रोक्नको लागि’ ? आगन्तुकले अति सहज र सामान्य पाराले सोध्यो।

‘ए तपाई प्रकाशलाई रोक्न सक्नुहुन्छ । यसको अर्थ समयलाई रोक्न सक्नु हुन्छ ? अब यो नभन्नु होला तपाईँहरु प्रकाशको गतिले  हिड्न पनि सक्नुहुन्छ’ !

‘तपाईँले भनेका कुनै पनि काम गर्न हाम्रा  लागि बायाँ हातको खेल हो । तर हाम्रो यात्रा गर्ने गति भने प्रकाश भन्दा धेरै,  धेरै नै बढी छ । हामीले प्रकाशको गतिबाट मात्रै यात्रा गर्ने हो भने त तपाईको आकाशगंगामा प्रवेश गरी पृथ्वीसम्म आइपुग्न अर्बौ वर्षको समय लाग्छ । यतिको लामो आयु  तपाईँ हाम्रो त के धेरै ग्रह र सूर्यको पनि हुँदैन  । तपाईँ बसेको पृथ्वीको आयु नै कति भयो र ? र ,अब कति नै बाँकी छ’ ?

‘ए साच्चै, तपाईँहरु तीनै जनाको अनुहार उस्तै उस्तै दुरुस्तै एउटै छ त , के  तपाईहरु तिमल्याहा  हो’ ?

‘होइन, यो अनुहार हामीलाई मन परेर बनाएका हौं । हामी तीनै जनाको अनुहार फरक फरक थियो । पृथ्वीमा आउँदा कुनै एउटा टिभी  
सिरियलको कलाकारको अनुहार र भावभंगिमा हामीलाई मन पर्यो। हामीले उसकै  ‘डीएनए’को त्यो गुण आफ्नो ‘डीएनए’मा कपी गरी आनन्द लिएका हौं’ ।

‘तपाईंहरुको कुरा सुन्दा त तपाईंहरुले राम्रो क्वालिटीको ‘कालो पदार्थ’ सेवन गरेर आएको जस्तो लाग्छ । के बोक्नु  पनि भएको छ ?अलिकति म पनि खाएर हेरौं न’  ।

‘ऐ तपाईंलाई ‘इन्टाक्सिकेटेड ’ हुन मन लाग्यो । हामी तपाईंलाई ‘कालो पदार्थ’ बिना नै आह्वालादित  बनाइदिन्छौं’ ।

‘त्यो कसरी नि’ ?

‘तपाईंको मस्तिष्कमा  ‘हार्मोन्स’को मात्रा  घटी / बढी गराएर । तपाईंलाई थाहै होला, ‘तपाईंका सारा ‘फिलिंग’ अरु केही नभएर ‘हार्मोन्स’को थपघट हुने प्रक्रिया मात्रै  हो । चाहे तपाईं प्रेम भन्नुस, भय भन्नुस, क्रोध, तनाव , प्रसन्नता, उन्माद जेसुकै भन्नुस सबै नै ‘हॉर्मोन्स’  भन्ने रसायनको खेल हो । जस्तो कि –

सेरोटोनिन  (Serotonin – for happiness and contentment )
 डोपामिन (Dopamine, for confidence and achievement )
 एर्न्डोर्फिन्स (Endorphins – for joy and relaxation )

 एड्रेनलिन  (Adrenaline-for flight-or-fight response ) का लागि। तपाईका शरीरमा यस्ता २०० किसिमका ‘न्यूरोट्रांसमीटर्स’ (neurotransmitters ) हुन्छन्।

‘तपाईंहरुसँग कुरा गर्न र तपाईंहरुको कुरा बुझ्न मेरो योग्यता पुग्दैन । हुन त तपाईंहरुका अधिकांश कुरा ‘साइन्टिफिक’ छन् । कविज्यू यतिखेर भइदिएको भए गजब हुन्थयो’ !
‘हामीले अहिलेसम्म पृथ्वीमा विकसित भएका भाषामा नबुझ्ने कुरा  अथवा ‘टर्मिनोलोजी’ प्रयोग गरेका छैनौं । हो तपाईंको भनाई सत्य हो, हाम्रो भाषाले विकसित भएको हाम्रो मस्तिष्क र त्यस मस्तिष्कले विकसित भएको ज्ञान विज्ञान पृथ्वीमा उपलब्ध कुनै पनि भाषा वा मस्तिष्कले बुझ्न सकिन्न’ आगंतुकले अघि कै झै शिष्ट पाराले भन्यौ।

‘होइन तपाईंहरु बारम्बार पृथ्वी, पृथ्वी जस्तो भन्नु भइरहेको छ, के तपाईंहरु पृथ्वीभन्दा बाहिरबाट आएको हो ? विज्ञानले त अहिलेसम्म पृथ्वी बाहिर कतै जीवन रहेको थाहा पाएको छैन’ ।

‘पृथ्वीको विज्ञानले थाहा पाउन पनि सक्दैन । यसका अनेकौं कारण छन् । पहिलो कारण त पृथ्वीको विज्ञानको उमेर नै कति भयो र ? विज्ञानले सौर्यमण्डल ‘जियोसोन्ट्रिक’ कि ‘हेलियोसेन्ट्रिक’ थाहा पाएको नै कति भयो ? ‘डाइनुमा’, ईन्जन, गुरुत्वाकर्षण, विधुत, अणुशक्ति आदि  बारे पनि ज्ञान भएको नै कति भएको छ ? सूर्य प्रकाश र प्रकाश शक्तिका बारेमा पृथ्वीको विज्ञानलाई  अहिलेसम्म पाँच प्रतिशत पनि थाहा भएको छैन’ ।

‘र , यो भन्दा पनि महत्वपूर्ण अर्को कुरा। पृथ्वीमा जुनसुकै क्षेत्रमा विकसित भएका भाषा हुन, ती सबै रेखीय -लम्ब्वत (लीनियर-LINER )  छन् । यी भाषा प्रयोगले यहाँका मानिसको मस्तिष्कको बुझ्ने क्षमता पनि ‘लीनियर’ नै बन्यो । हाम्रो ग्रहको भाषा वृत्तिय  (SPHERE  ) छ । ब्रह्माण्डका सबै प्रायः  सबै संरचना ग्रह -उपग्रह -तारा ‘स्फीयर’  छन्, पृथ्वी स्वयं पनि  ‘स्फीयर’ नै छ । अचम्म ! पृथ्वीमा बनेका – विकसित भएका भाषा कसरी प्रथक हुन गए ! यसै   भाषीय कारणले गर्दा पृथ्वीमा विकसित भएका मस्तिष्कको क्षमता अल्प एवम् साँधुरो रहेको छ ।

तपाईंहरुसँग एउटा मात्रै भाषिक चिन्ह वृत्तिय छ । त्यो हो शून्य  (०) । समस्त  भाषाहरु ‘लीनियर’ भएका कारण नै पृथ्वीबासीले शून्यको रहस्य एवम् उपयोगिता बुझ्न सकेनन्’।
‘यसको अर्थ तपाईंहरु अन्य कुनै ग्रहबाट आउनु भएको हो ? के तपाईंहरु ‘ऐलियन’ हो ? जिवेन्द्रले सोध्नु भयो’ ।

 ‘हो, हामी अर्कै ग्रहबाट आएका हौं । हामी पृथ्वीबासी होइनौं । तपाईंको सौर्यमण्डलको सदस्य पनि होइनौं । हामी फरक आकाशगंगाबाट आएका हौं । पृथ्वीको खगोल विज्ञानसंग ‘अंतर आकाशगंगीय’ दूरी नाप्ने प्रकाश वर्ष र पारसेक  बाहेक का यूनिट नै छैनन।  होस  पनि कसरी पृथ्वीको विज्ञानलाई प्रकाशको गतिभन्दा बढी गति हुन सक्ने बारे  कुनै सुईको सम्म छैन।पृथ्वीका लागि प्रकाशको गति  (c ) नै सर्वाधिक गति हो। पृथ्वीवासीले मानेको सर्वाधिक गतिले त हाम्रो आकाशगंगा बाट यहाँ सम्म आयी पुग्न बीसौ अर्ब वर्ष लाग्छ। तर  तपाईं र मेरो ब्रह्माण्ड चाहि एउटै हो ‘।

‘तपाईंले हामीलाई ‘ऐलियन’ भन्न सक्नुहुन्छ । तर पृथ्वीको छद्म विज्ञान, गल्पलेखन र ‘फिक्सन फिल्म’ले कल्पना गरे जस्तो ‘ऐलियन’  हुन्नन् । एक अर्थमा तपाईं पनि ‘ऐलियन’ हो ,तर यसका लागि तपाईंले पृथ्वी छाड़ि अन्य कुनै ग्रहमा पुग्नु पर्ने हुन्छ। ‘ऐलियन’को अर्थ अन्य कुनै ग्रहको निवासी हो । ‘ऐलियन ’ तपाईंहरुको फिल्ममा देखाए जस्तै अड़बांगो  हुन्नन् । तपाईंको ग्रहका लागि हामी ‘ऐलियन ’ हौं र हामी तीनैजनाका लागि समस्त पृथ्वीवासी ‘ऐलियन’ हुन ‘।

https://www.loksambad.com/news/11739

Published by gyanmitra

a monk who like to study and travel and sometime try to write some feelings

Leave a comment

Design a site like this with WordPress.com
Get started